क्वारेन्टाइनमा महिलामाथि बलात्कार, पैसा नदिए भिडियो बनाएर भाइरल गर्ने धम्की

कैलाली । लम्कीचुहा नगरपालिका वडा नम्बर १ को शहीद स्मृति माविको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया युवतीले शनिवार राती तीनजनाको समूहले करणी गरेको आरोप लगाएकी छिन्। उनले प्रहरीमा किटानी जाहेरी समेत दिइसकेकी छिन्।

त्यसपछि प्रहरीले तीन जनालाई नै पक्राउ गरेको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ। उनीहरु मध्ये २ जना क्वारेन्टाइनमा स्वयम सेवकका रुपमा खटिएका थिए भने एक जना स्वास्थ्यकर्मी हुन्।

लकडाउन लम्बिएपछि भारतको बैङ्ग्लोरबाट आएकी हुन् पीडित। उनी नेपाल आएको शनिवार १२ दिन पूरा भइसकको थियो। उनीसँगै क्वारेन्टाइनमा बस्दै आएका अन्य साथीहरु घर फर्किएपछि एक्लै भएको बताएकी थिइन् उनले। एक्लै ढोका नभएको ढोकामा बस्न नसक्ने भनेपछि उनलाई अर्को कोठामा सारिएको थियो।

शनिवार राति १२ बजेतिर सुतिरहेको अवस्थामा एक युवकले झ्यालबाट बोलाएर उनलाई ढोका खोल्न भनेका थिए। ती युवकले पटकपटक झ्यालमा आउँदै ढोका खोल्न भनेका थिए। ‘एकजनाले स्वयम सेवकले ढोका खोल्नु, बाहिर आउनु भन्यो। मैले राति के काम छ। डिस्टर्व नगर्नु भने,’ उनले भनेकी छिन्, ‘फेरि ढुङ्गाले हान्यो। मैले तेरो दिदी बहिनी छैनन् भनेर गाली गरेँ,’ पीडितले भनेकी छिन्।

पटकपटक बोलाएर डिस्टर्व गर्न थालेपछि उनले ढोका खोलेको बताएकी छिन्। त्यहीँ उनको बलात्कार भएको उनको दावी छ। त्यही क्रममा एक युवकले भिडियो खिचेको उनले बताएकी छिन्।

क्वारेन्टाइनका स्वास्थ्यकर्मी नै आएपछि उनले बचाउन आग्रह गरेको जनाएकी छिन्। तर, उनी पनि उनीमाथिको दुर्व्यवहार रोकिएन। ती स्वास्थ्यकर्मीले बाँकी दुई जनालाई बाहिर निकालेर दुर्व्यवहार गरेको उनको भनाई छ। त्यसपछि भिडियो बनाउने युवकले पैसा नदिए भिडियो भाइरल गराउने चेतावनी दिएको उनले बताएकी छिन्। चार दिनदेखि उनले सञ्चो नभएको बताउँदा पनि उनीमाथि लगातार दुर्व्यवहार भइरहेको प्रहरीलाई जानकारी दिएकी छिन्।

घटनालाई लिएर स्थानीय आक्रोशित भएका छन् भने वडा कार्यालयले सबै सेवा बन्द गर्नुपरेको जनाएको छ।

ताजा अपडेट

आज आषाढ ७ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा...

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती...

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार...

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको बैठक

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम...

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६०...

डडेल्धुरामा युवती मृत फेला, अनुसन्धानका लागि दुईवटा प्रहरी टोली परिचालन

धनगढी । डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार...

उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारीसाधान चल्छ की चल्दैन?

काठमाडौं । स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन...

चीनको काउन्टरमा जी-सेभेनले घोषणा गर्‍यो ‘बी-३ डब्ल्यू’ परियोजना

काठमाडौं । निम्न र मध्यम आय भएका मुलुकहरूलाई लक्षित गरेर पूर्वाधार सम्बन्धी परियोजना बिल्ड ब्याक बेटर वर्ल्ड (बी-३ डल्यू) अगाडि बढाउने सहमति भएको छ...

चर्चित