काेराेना संक्रमितकाे दुखेसो: मेयर दाहालले बनाएकाे आइसोलेसन वार्ड यातना केन्द्र भयाे

चितवन। अस्थायी कोभीड अस्पतालको आइसोलेसन वार्ड संक्रमितहरुका लागि यातना केन्द्रको रुपमा रुपान्तरित हुँदा पनि महानगरपालिकाले कुनै चासो नदेखाएको सोहि वार्डमा रहेका संक्रमितहरुले दुखेसो गरेका छन्।

भरतपुर महानगरपालिकामा मेयर रेणु दाहालले बनाएको अस्थायी कोभीड अस्पतालको आइसोलेसन वार्डका संक्रमितहरुले दुखेसो गरेका हुन्। माडी नगरपालिकाबाट ल्याइएका ६ जना कोरोना संक्रमितहरुलाई ५ दिनदेखि भरतपरको अस्थायी कोभीड अस्पतालमा राखिएको छ।

यातना केन्द्र झै रहेको सो आइसोलेसन वार्डमा शौचालयबाट आएको पानी समेत भरिएको एक संक्रमितले खिचेर सार्वजनिक गरेको भिडियोमा प्रष्ट देखिएको छ। आइसोलेसन वार्ड भनेर राखिएको कोठामा पानीले भरिएको छ। उनले भिडियोमा नै आफूहरुलाई आइसोलेसनमा राखेको होकी सुइमिङ पुलमा राखेको भनेर भिडियोमा बोलेका छन्।

आइसोलेसन वार्डमा राखेकै दिनदेखि वार्डको अव्यवस्थाको बारेमा बताएपनि कसैले पनि ध्यान नदिएपछि वार्डको दुरावस्था र आफूहरु कसरी बसेको छ भन्ने बाहिरका व्यक्तिले थाहा पाउन भनेर भिडियो खिचेर सार्वजनिक गरेको ति संक्रमितले बताए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.