सिद्धबाबामा कार दुर्घटना

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो लु १ ज ४०९३ नम्बरको कार अनियन्त्रीत भई सडकबाट २०० मिटर तल तिनाउ नदीमा खसेको हो ।

दुर्घटनामा चालक गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । अहिले उपचारको लागी बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।

घाईतेको नाम ठेगाना खुुल्न अझै नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Facebook Comments