वृद्धमाथि दुर्ब्यबहार हुँदा सीमामा झडप, एक जनाकाे मृत्यु

राजबिराज । सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुरमा सशस्त्र प्रहरी बलले एक नेपाली ज्येष्ठ नागरिकमाथि दुर्ब्यबहार गर्दा सीमामा झडप भएको छ । झडपकाे स्थिति नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागि एक जना भारतीयको ज्यान गएको छ ।

महोत्तरीको गुलरीयाका एक व्यक्ति भारतीय सिमावर्ती गाउँ लालबनीमा आफ्नो छोरी काँहा जान खोज्दा प्रहरीले उनीमाथि दुर्ब्यबहार गरे । उनीमाथि दुर्ब्यबहार भएको सूचना पाए पछि भारतीय सिमाबाट उनका ज्वाईसहित केही गाउले आएर उनलाई बचाउन खोज्दा सशस्त्र प्रहरीले उग्ररुप लिएपछि दोहरो झडप भएको पर्सा–३ का वडा अध्यक्ष भिखारी साहले जानकारी दिए।

झडपको क्रममा एकको मृत्यु हुने भारतीय नागरिक नागेश्वर रायका २५ बर्षिय छोरा बिकेश कुमार रहेको छ भने घाईते हुने मा उमेश राम तथा उमेश ठाकुर रहेका छन् । सशस्त्र प्रहरीले १५ राउण्ड फायर गरेको थियो । सशस्त्र प्रहरीले सुरुमा १० राउण्ड हवाई फायर गरेको थियो तर स्थिति नियन्त्रणमा नआएपछि ५ राउण्ड गोली भारतीय नागरिकमाथि चलाउनुपरेको नेपाली सुरक्षा अधिकारीले जनाएको छ । झडपमा दुई जना सशस्त्र प्रहरी पनि घाईते भएको जनाईएको छ । झडपमा संलग्न मध्य एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments