पर्बतमा थप १३ जनामा कोरोना

पर्बत । पर्बतमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

त्यस्तै त्यँही गरिएको परीक्षणका क्रममा स्याङ्जामा गरिएको परीक्षणमा २२ जना पुरुष, नवलपरासी पूर्वका १ पुरुष, तनहुँका १ गरी ३७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा आज मात्र थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । हालसम्म ८ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments