आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको विकास तथा कोरोना रोकथाम र उपचारमा खोज अनुसन्धानका लागि उपयुक्त नीतिगत सुझाव तयार गर्न ‘बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल’ गठन गरेको छ ।

मन्त्रालयका सहसचिव डा गुणराज लोहनीको संयोजकत्वमा गठित १३ सदस्यीय कार्यदलले यस क्षेत्रको प्राथमिकता र सम्भावनाका बारेमा अध्ययन गरी सुझाव दिनेछ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्णयबाट सो कार्यदल गठन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आयुर्वेद र जडीबुटीको सम्भावना र उपयोगलाई उजिल्याउन आग्रह गर्दै आएका बेला मन्त्रालयले यो कार्यदल गठन गरेको हो ।

कार्यदलमा विशेष सदस्यमा प्रा डा देवबहादुर रोक्का, मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा खेमबहादुर कार्की, सदस्यहरुमा मन्त्रालयका डा रुपेन्द्र पुरी, आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका प्रमुख डा सन्तोष ठाकुर, आयुर्वेद क्याम्पसका प्रमुख डा शिव मङ्गल, सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल, नरदेवी आयुर्वेदिक केन्द्रीय अस्पतालका प्रमुख डा प्रदीप केसी, आयुर्वेद चिकित्सा अस्पतालका कार्यकारी निर्देशक डा राजकिशोर साह छन।

यसैगरी राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक रामआधार यादव, आयुर्वेद चिकित्सक सङ्घका डा प्रकाश ज्ञवाली र सदस्यसचिवमा मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा. बाबुराजा अमात्य रहनुभएको मन्त्रालयका स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारी जानकारी दिए । रासस

ताजा अपडेट

खोप लगाउन नमान्नेलाई जेल हाल्ने चेतावनी

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिन नमान्ने मानिसलाई जेल हाल्ने चेतावनी दिएका छन् । पछिल्लो समय मुलुकमा डेल्टा...

भारतमा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट...

संवैधानिक इजलासमा बहस–देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ

काठमाडौं । अधिवक्ता खम्बबहादुर खातीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरद्धको रिट निवेदनमाथि बुधबारको...

कुन व्यवसायले कर तिर्नु पर्दैन, कुनलाई कर छुट ?

काठमाडौं । तपाईं व्यवसाय गर्दै हुनुहुन्छ वा गरिरहनु भएको छ भने तपाईंले सो व्यवसाय गर्दा राज्यलाई कति कर तिर्नुपर्छ भन्ने जानकारी हुनु आवश्यक छ...

के छ आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ...

घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला...

युरोकपमा आज राति चार खेल हुने

एजेन्सी । युरोकपअन्तर्गत समूह चरणका खेल आज सकिँदै छन्। समूह ई र एफको आज चार खेल हुँदै छन्। जुन ११ देखि सुरु भएको समूह...

रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुमाथि राष्ट्र बैंकको अंकुश

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई अंकुश लगाएको छ । बैंकले मंगलबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय...

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट...

चर्चित