बाजुरा । बाजुराको कोल्टीस्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडकोे डिपोमा चामल अभाव भएको छ । जिल्लाभरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि लकडाउनको समयमा विपन्न जनतालाई चामल वितरण गर्न सकेको छैन ।
कम्पनीले सार्वजनिक सूचनामार्फत डिपोमा चामल सकिएको भन्दै यही जेठ २१ गतेबाट अर्को सूचना जारी नहुँदासम्म चामल बिक्रीमा रोक लगाएको छ । आर्थिक वर्ष २०७६/७७ मा ढुवानी अनुदानको चामल सात हजार क्विन्टल बिक्री वितरण भइसकेको र कम्पनीको गोदाममा न्यूनतम मौज्दात भएकाले वितरण रोकेको डिपो प्रमुख नवीनप्रसाद आचार्यले बताए ।
विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला खाद्य कम्पनीमा चामल सकिनु बाजुरामा खाद्य सङ्कट शुरुवातको सङ्केत भएको नागरिक समाज बाजुराका संयोजक जनेश भण्डारीको भनाइ छ । हातमा पैसा भए पनि डिपोमा चामल नरहेकाले बजारमा महँगो मूल्यमा किनेर खाने गरेको बूढीनन्दाका स्थानीय पु-यागराज उपाध्यायले बताए।
Facebook Comments