काठमाडौं । नेपालमा थप १ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मृत्यु हुनेमा ५७ वर्षीय पुरुष रहेका छन् । कोरोना संक्रमणको आशंकामा उनको स्वाब परीक्षण गर्दा बिहीवार रिपोर्ट पोजेटिभ आएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।
Facebook Comments