काठमाडौं । नेपालमा शुुक्रवार एकैपटक ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले आज नेपालमा एकैपटक ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो संख्या एकैदिनमा थपिएका आज सम्मकै धेरै कोरोना संक्रमितको संख्या हो ।
उनका अनुसार आज पाइएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यसैबीच नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ८७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
आज मात्रै नेपालमा थप १६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । नेपालमा हिजो (बिहीवार) एकैदिन २५० जनामा संक्रमण पुष्टि भएको थियो ।
Facebook Comments