पाकिस्तानमाथि भारतले थाल्यो ‘अपरेशन सिन्दूर’

काठमाडौं । भारतले गएराति पाकिस्तानका ९ ठाउँमा आक्रमण गरेको छ। ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको हो।

पाकिस्तानी सञ्चारमाध्यम जिओ न्यूजका अनुसार आक्रमणमा ९ जनाको मृत्यु भएको र ३५ जना घाइते भएको जनाएको छ।

भारतीय आर्मीले भने पाकिस्तानको सैन्य क्षेत्रमा भने आक्रमण नगरेको जनाएको छ। भारतले यसलाई कश्मीरको पलगाममा ​ २२ अप्रिलमा भएको आक्रमणको जवाफी कारबाही भनेको छ। जहाँ एक नेपालीसहित २६ पर्यटक मारिएका थिए।

भारतले आतंकवादी रहेको मानिएका ९ ठाउँमा आक्रमण गरेको जनाएको छ। उसले पाकिस्तानले पनि जवाफी आक्रमण गर्ने बताएको छ। बहावलपुर, कोटली तथा मुजफ्फाबादलगायत ठाउँमा आक्रमण गरिएको जनाइएको छ।​

पाकिस्तानले भने सर्वसाधारणहरूको घरमा आक्रमण गरेको जनाएको छ। पाकिस्तानी सञ्चार माध्यम पिटिभीले भारतका दुईवटा फाइटर जहाज पाकिस्तानी सेनाले झारिदिएको जनाएको छ।

यसैबीच पाकिस्तानको लाहोर एयरपोर्टमा आपतकालीन अवस्था घोषणा गरिएको छ। मिडिया रिपोर्टका अनुसार एयरपोर्ट खाली गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको उक्साहट भएको भन्दै कडा निन्दा गरेका छन्। उनले बलियो जवाफ दिने चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.