युट्युबबाट आर्थिक सङ्कलन शुरु

गुल्मी । गुल्मीमा मानसिक सन्तुलन बिग्रिएकी एक महिलाको उपचारार्थ युट्युुबको माध्यमबाट आर्थिक सङ्कलन शुरु गरिएको छ ।

मालिका गाउँपालिका वडा नं ७ घमिर टुनिखोलाकी ३८ वर्षीया कमला सुनारको उपचारार्थ युट्युबका माध्यमबाट आर्थिक सङ्कलन थालिएको हो । उनी विगत दुई वर्षदेखि मानसिक रोगी छन।

रोग लागेदेखि नै औषधि सेवन थाले पनि रकम अभावले अहिले औषधिसमेत ल्याउन सक्नुभएको छैन । नौ महिनायता औषधिकोअ अभाव रहेको जनाइएको छ । हाल उहाँलाई दाम्लोमा बाँधेर राखिएको जनाइएको छ ।

युट्युब सञ्चालक सुमन पन्थीले उनको दर्दनाक भिडियो युट्युबमा राखेर आर्थिक सहयोगका लागि आह्वान गर्नुभएको छ । यसरी भिडियो राखेको ६ दिनमै उनलाई रु ५० हजार सहयोग जुटेको उनले बताए।

सोही आर्थिक सहयोगको सङ्कलित रकमले कमलाका श्रीमान्ले थप उपचारका लागि भैरहवा लैजाने तयारी गरेका छन । उनको उपचारका लागि रु एक लाख लाग्ने अनुमान गरिएको छ । तर अहिले उठेको रकमबाट उपचार गर्ने र सहयोगको प्रतिबद्धता आएको रकमबाट थप औषधि किन्ने परिवारको योजना छ । रासस

Facebook Comments