हङकङमा भिड तितरवितर पार्न खुर्सानीको स्प्रे

एजेन्सी । हङकङमा प्रहरीले मंगलबार साँझ प्रदर्शनको क्रममा ५३ जनालाई पक्राउ गरेकाे छ।

सो प्रदर्शन मुख्य भूमि चीनले गरेको प्रत्यर्पण प्रस्तावको बिरूद्ध शुरु गरिएको आन्दोलनको एक बर्षे वार्षिकोत्सवको अवसरमा गरिएको थियो।

गत बर्षको विरोध प्रजातन्त्र समर्थक आन्दोलनमा परिणत भई बेइजिङको शासनको बिरूद्ध सात महीनासम्म चलेको थियो।

सो आन्दोलनको बार्षिकोत्सब मनाउन सयौं कार्यकर्ता हङकङका सडकमा उत्रेका थिए । शहरको अधिकांश सडकहरू ठप्प थिए । पुलिसले भीडलाई तितरबितर पार्न खुर्सानीको स्प्रे गरेकाे थियाे । त्यस पश्चात पुलिसले ३६ पुरुष र १७ जना महिलालाई गैरकानूनी सभा र अव्यवस्थित आचरण सहितको अपराधका लागि पक्राउ गरेकाे थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.