चिनियाँ राउटर कम्पनी टिपी लिंक अमेरिकाको निसानामा

अमेरिका र चीनको बीचमा बढ्दो तनावका कारण एउटा अर्को चिनियाँ कम्पनीमाथि खतरा पैदा भएको छ । यसपटक जोखिममा पर्ने चिनियाँ कम्पनी टिपी लिंक हो, जुन एउटा प्रमुख चिनियाँ राउटर निर्माता कम्पनी हो ।

अमेरिकामा अधिकांश घर तथा साना बिजनेसमा टिपी लिंकका राउटर अत्यधिक प्रयोग हुने गरेका छन् । तर अब सुरक्षा चिन्ताहरुका कारण अमेरिकी सरकारले यस कम्पनीमाथि कारबाही गर्ने विषयमा विचार गरिरहेको छ ।

अमेरिकी बजारमा टिपी लिंकको दबदबा
अमेरिकी राउटर बजारमा चिनियाँ राउटर निर्माता कम्पनी टिपी लिंकको बजार हिस्सा करिब ६५ प्रतिशत रहेको छ । ई-कमर्श प्लाटफर्म अमेजनमा पनि टिपी लिंकका राउटर सर्वाधिक बिक्री हुने डिभाइसको रुपमा रहेका छन् ।

हालै कम्पनीको ब्ह्द्दज्ञ मोडेलको राउटर अमेजनको बेस्ट सेलिंग राउटरको रुपमा रहेको छ । तर, अत्यधिक लोकप्रियताका बाबजुत पनि टिपी लिंकमाथि अमेरिकामा गम्भीर आरोप लागेको छ । अमेरिकाका संघीय एजेन्सीहरुले कम्पनीका राउटरहरुमा रहेका समस्याको खोजी गरिरहेका छन्, जसको माध्यमबाट ह्याकरहरुले साइबर आक्रमण गर्न सक्दछन् ।

र्यान्समवेयरमा दुरुपयोग
माइक्रोसफ्टको हालैको एक रिपोर्टमा दाबी गरिए अनुसार टिपी लिंक कम्पनीका डिभाइसहरु फिरौती माग्ने भाइरस अर्थात् र्यान्समवेयरको सञ्चालनमा पनि प्रयोग हुने गरेका छन् । यसले कम्पनीको सुरक्षा प्रणालीमा गम्भीर प्रश्न खडा गरेको छ ।

रिपोर्ट अनुसार ह्याकरहरुले साइबर आक्रमण गर्नका लागि टिपी लिंकका त्यस्ता डिभाइसहरुको प्रयोग गर्ने गरेका छन् ।

उक्त घटना पश्चात् अमेरिकाको वाणिज्य विभाग, प्रतिरक्षा तथा न्यायलगायतका विभिन्न संघीय इकाइहरुले टिपी लिंकको विरुद्धमा अनुसन्धान सुरु गरेका छ। टिपी लिंकका डिभाइसहरुमा देखिने समस्याले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि ठूलो खतरा पैदा गर्नसक्ने सरकारी एजेन्सीहरुको दाबी छ ।

यस्तो छ अनुसन्धानको अर्को कारण
साइबर सुरक्षाका अलावा टिपी लिंकको मूल्य रणनीति पनि जाँचको घेरामा छ । टिपी लिंक कम्पनीले आफ्ना डिभाइसहरुलाई लागत मूल्य भन्दापनि कम मूल्यमा बिक्री गरेको विषयमा अमेरिकी न्याय विभागले अनुसन्धान गरिरहेको छ । यदि त्यसो गरेको पाइएमा त्यो कार्य अमेरिकी प्रतिस्पर्धा विरोधी कानूनको उल्लंघन भएको ठहर हुनेछ ।

साथै टिपी लिंकमाथि आफ्ना प्रडक्टहरुमा देखिएका समस्याको सुधारमा ध्यान नदिएको पनि आरोप लागेको छ । साथै उसले आफ्ना राउटरको सुरक्षामा पर्याप्त काम नगरेको र त्यसले गर्दा कम्पनीका डिभाइसहरु ह्याकरहरुबाट दुरुपयोग गर्न सहज भएको आरोप लगाइएको छ ।

 

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.