नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदुतको टिप्पणी सह्य हुँदैछः यादव

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशुलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदुत छन सोङले दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको बताएका छन्।

उनले भारतबाट हराएका बसु र यात्रुहरू खोज्नका लागि आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदुतले दिएको टिप्पणी दुर्भाग्यपूर्ण रहेको बताए।

उनले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ भन्ने मात्रै अधिकार राजदुतलाई हुने भन्दै नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नहुने बताए।

यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने उनको भनाइ छ। सभापति यादवले राजदुतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको उल्लेख गरे।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सो विषयमा गम्भीर भएको भन्दै समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने भन्दै नेपालको आन्तरिक मामिलामा मित्रराष्ट्रका राजदुतहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नेपालीहरु सह्य नहुने बताए।

मन्त्रालयसँग सो बारेमा जानकारी लिएपछि समितिले आवश्यक निर्देशन दिने पनि उनले बताए।

राजदुत सोङले सिमलताल पहिरोमा बेपत्ता मानिस र बस खोज्न छिमेकी देश भारतबाट आएको गोताखोर टोलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए। सो विषयलाई लिएर संसदमा पनि सांसदहरूले आवाज उठाइरहेका छन्। राजदुतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्ने माग सांसदहरूको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.