नेपाल-तिब्बत दशगजा क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीको चहलपहल बढ्यो, प्रचण्ड सरकार मौन

काठमाडौं । नेपाल र तिब्बतबीचको सीमा क्षेत्र दशगजामा चिनियाँ सुरक्षाकर्मीको चहलपहल बढेको छ।

पत्रकार सुन्दरकुमार थकालीले चिनियाँ सुरक्षाकर्मीको फोटो सार्वजनिक गरेका हुन्। २४ नम्बर सीमा स्तम्भमा उभिएका चिनियाँ सुरक्षाकर्मीले चीनको झन्डा फहराइरहेको देखिन्छ। त्यो झन्डाले सीमा स्तम्भ छोप्न खोजेको पनि देखिन्छ।

फोटो सार्वजनिक भएपछि नेविसंघका नेता अनिल कार्कीले यो नाकामा चिनियाँ सुरक्षाकर्मीको दादागिरी र ज्यादती रहेको बताएका छन्।

‘यो नाकामा चिनियाँ सुरक्षाकर्मीको दादागिरी र ज्यादतीको भुक्तभोगी कुनै बेला म पनि भएको छु, हामी नेपालीहरु अनायासै इन्डियन र चिनियाँबीच तुलना गर्ने र चाइनिजले नेपाल स्वर्ग बनाइदिन्छ उनीहरु महान हुन् भन्ठान्छौँ, तर भातीयहरु जस्तो मनकारी चिनियाँहरु हुदैनन्,’ उनले लेखेका छन्, ‘चिनियाँहरु आफ्नो स्वार्थ के हो त्यसमा यति धेरै फोकस गर्छन् कि आफ्नो मतलबको काममा आफ्नै बुवाले अवरोध गरे पनि छोड्दैनन उनीहरु।’

तर, यस विषयमा सरकारको मौनतालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.