प्रधानमन्त्री प्रचण्डले ओलीलाई दिए जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले ओलीलाई शुक्रवार फोनमार्फत जन्मदिनको शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीलाई फोन गरी जन्मदिनको अवसरमा शुभकामना दिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

ओली २०८० फागुन ११ गतेबाट ७३ वर्ष प्रवेश गरेका छन् ।

Facebook Comments