सम्बन्ध बिग्रेपछि महिलाको गोप्य तस्बिर परिवारलाई पठाउने थापा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर-४ घर भई काठमाडौं टोखा नगरपालिका वडा नम्बर-११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा छन्।

थापा र ती पीडित महिला सामाजिक सञ्जालमार्फत साथी बनेका थिए। त्यसक्रममा उनीहरूबीच लामो समय कुराकानी भएपछि मेसेन्जरमा गोप्य फोटो तथा भिडिओ सामग्री साटासाट भएको थियो।

तर सम्बन्ध बिग्रिएपछि भने थापाले पीडितको चरित्र हत्या गर्न आफन्तलाई ती तस्बिर र भिडिओ पठाएको पाइएको साइबर ब्यूरोले जनाएको छ ।

यसरी सामाजिक तथा व्यक्‍तिगत जीवनमा गम्भीर असर हुने गरी चरित्र हत्या गरेको भन्दै पीडितले ब्यूरोमा जाहेरी दिएकी थिइन्।

साइबर ब्यूरोले थापालाई बुधबार गोंगबुबाट पक्राउ गरेको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.