कांग्रेस महासमितिमा पेश भएका चार प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा पेश भएका चार प्रस्ताव पारित भएका छन्।

बिहीबार अपराह्नमा महासमितिको बैठकले चार वटा प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन् ।

महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले तालि बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतीले पारित गरिएको हो ।

गगनले चुनावी गठबन्धन नगर्ने प्रस्ताव पेश गरेका थिए । ती चारैवटा प्रस्तावलाई हलमा सहभागी महासमिति सदस्यहरूले ताली बजाएर पारित गरेका हुन्।

अब ती प्रस्तावहरू केन्द्रीय समितिले अनुमोदन गर्नेछ। यी प्रस्तावहरू पारित भएसँगै समापन सत्र सुरू भएको छ। समापन सत्रमा शीर्ष नेताहरूले संबोधन गर्नेछन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.