‘छिमेकी र तेस्रो मुलुकबाट आएकाहरुबाट कोरोना संक्रमण बढ्यो’

काठमाडौं । राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले भारत लगायत तेस्रो मुलुकबाट नेपाली नागरिक आएका कारण नेपालमा कोरोना संक्रमण बढेको बताएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्याकुरेलले भारत र अन्य मुलुकबाट नागरिकहरु आएका कारण संक्रमण फैलिएको बताए ।

उनले भने, ‘भारत वा अन्य देशबाट नेपाली नागरिक आउने क्रम नचलेको भए नेपाल कोरोनामुक्त देश हुन्थ्यो कि ?’ युरोप अमेरिकाजस्तो देशहरुले यसको व्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै उनले नेपाल सरकारले जेनतेन भएर पनि व्यवस्थापन गरिरहेको बताए ।

विश्वका अधिकांश मुलुकहरुमा परीक्षण किटको अभाव रहेको, विकसित मुलुकहरुमा समेत भेन्टिलेटर, आइसियु र आइसोलेसनको अभाव रहेको उल्लेख गर्दै उनले सरकारको खुलेर बचाउ गरे । कहालीलाग्दो विरासतमाथि उभिएर सरकार कोरोना विरुद्ध लडिरहेको समेत उनले बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.