काठमाडौं । नेपालमा बुधवार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले नेपालमा आज एकैदिन २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज थपिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
Facebook Comments