काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई कोरोना रोकथामा सरकार असफल भएको बताएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनपछि उनले पुरक प्रश्नहरु सोध्दै कोरोना रोकथामा सरकार असफल भएको बताएका छन ।
सांसद थापाले प्रधानमन्त्रीलाइ सरकारले ५ वटा पिसिआर मेसिन किनेको छ, तर पाँच वटै किन चल्दैन ? क्वारेन्टाइनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ ? हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ? भन्दै प्रश्न गरेका थिए ।
यस्तै नेपालमा मृत्यु भएकाहरुको उमेर र संख्याका आधारमा विश्वब्यापी रुपमा मृत्युहरु भएकाहरु अनुसार दाँजेर हेर्नुभएको छ ? भ्रष्टाचार र स्वास्थ्य सामग्रीको सूची राखेर संसदमा छलफल गर्न म प्रधामन्त्रीलाई खुला आह्वान गर्छु, तयार हुनुहुन्छ प्रधानमन्त्रीज्यू ? जुन अवस्थामा भारतबाट मानिसहरु ल्याइएका छन्, ती व्यक्ति हुन् कि नेपाली नागरिक हुन् ? भन्दै प्रश्नहरूकाे चाँङ लगाए ।
साथै उनले ति नेपाली नागरिकको बारेमा चिन्ता गर्ने, ति आउँदैछन् भन्ने जानकारी राख्ने, तिनको लागि क्वारेन्टाइन राख्ने सम्माननीय प्रधानमन्त्रीको सरकारको काम हो वा हामीले गरिदिनुपर्ने ? आज त्यसको तयारी गरेको भए आज तिनलाई दोष दिएर बस्नुपर्थ्यो वा आज हामी एउटा पनि कोरोना संक्रमण नभएको वा कम भएकोमा न्युजिल्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री हेर्न पाइन्थ्यो ? भन्दै प्रश्न गरेका थिए ।
Facebook Comments