सांसद सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न तरुण दलको माग

काठमाडौं । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरि सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी सांसद गिरीले बोलेकोमा संसद पदबाट निलम्बन गर्ने देखि हदै सम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नुले तरुण दललाई असहिए बताए ।

सांसद गिरीले आफनो पदीय मर्यादा विपरीत नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन भनेर दिएको अभिव्यक्तिप्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तिमा उल्लेख ।

संविधान संशोधन प्रक्रिया चलिरहेको अवस्थामा सांसद गिरीले उक्त भूमि नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको नेपाल तरुण दलको ठहर छ । ईतिहासदेखि पुर्खाहरुले बचाएको एक ईन्च भूमि पनि अतिक्रमण भएमा नेपाल तरुण दललाई मान्य नहुने भन्दै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसँग पनि सम्झौता नगर्ने बस्नेतले प्रस्ट पारे ।

यस्तै सांसद गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएको तर्फ समेत नेपाल तरुण दलको ध्यानाकर्षण विज्ञप्तिमा भनिएको छ । यस्तै तरुण दलले यस्ता अभिव्यक्ति सच्याउन जोड्दार माग गरे ।

ताजा अपडेट

खोप लगाउन नमान्नेलाई जेल हाल्ने चेतावनी

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिन नमान्ने मानिसलाई जेल हाल्ने चेतावनी दिएका छन् । पछिल्लो समय मुलुकमा डेल्टा...

भारतमा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट...

संवैधानिक इजलासमा बहस–देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ

काठमाडौं । अधिवक्ता खम्बबहादुर खातीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरद्धको रिट निवेदनमाथि बुधबारको...

कुन व्यवसायले कर तिर्नु पर्दैन, कुनलाई कर छुट ?

काठमाडौं । तपाईं व्यवसाय गर्दै हुनुहुन्छ वा गरिरहनु भएको छ भने तपाईंले सो व्यवसाय गर्दा राज्यलाई कति कर तिर्नुपर्छ भन्ने जानकारी हुनु आवश्यक छ...

के छ आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ...

घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला...

युरोकपमा आज राति चार खेल हुने

एजेन्सी । युरोकपअन्तर्गत समूह चरणका खेल आज सकिँदै छन्। समूह ई र एफको आज चार खेल हुँदै छन्। जुन ११ देखि सुरु भएको समूह...

रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुमाथि राष्ट्र बैंकको अंकुश

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई अंकुश लगाएको छ । बैंकले मंगलबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय...

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट...

चर्चित