अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीलाई उत्तर प्रदेशको विधानसभामा स्वागत

काठमाडाैं । भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भारतस्थित् उत्तर प्रदेशको विधानसभामा स्वागत गरिएको छ।

मङ्गलबार समितिले प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँग शिष्टाचार भेटवार्ता गरेसँगै विधानसभामा पनि स्वागत गरिएको हो।

समितिको टोलीलाई विधानसभामा स्वागत गरिएको विधानसभाका अध्यक्ष सतिश महनाले जनाएका छन्।

समितिको टोलीमा सभापती राजकिशोर यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.