ओलीले गरे आत्मालोचना,बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

काठमाडौं । चर्को बिबादका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेकपा सचिवालयको बैठक सम्पन्न भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले आत्मालोचना गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएको कमी कमजोरीप्रति आत्मालोचना गरेका हुन् ।

बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यमा लैजाने निर्णय गरेको छ ।

उपाध्यक्ष गौतमलाई कास्की, बाके, पाल्पालगायतका जिल्लाबाट निर्वाचनमा उम्मेदवार बनाई प्रतिनिधिसभामा ल्याउने निर्णय गरेको छ । सचिवालय बैठकले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन २४ गते दिउँसो ३ बजे सचिवालयको बैठक  बस्ने छ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा प्रचण्ड–माधव समूहको बहुमत छ ।

Facebook Comments