भारतभित्र नेपालसँगको ‘विशेष सम्बन्ध’ अन्त गर्ने बहस सुरू

काठमाडौं। पछिल्लाे देशमा भइरहेकाे राजनीतिक गतिबिधिका साथै अन्य कारणले भारतभित्र नेपालसँगको ‘विशेष सम्बन्ध’ अन्त गर्ने बहस चलेको छ । भारतीय सञ्चारमाध्यमले यस विषयमा विभिन्न मुद्दालाइ उठान गरी नेपालसँगको ‘विशेष सम्बन्ध’ अन्त गर्ने बहस सुरू गरेका छन्।

भारती पत्रिका हिन्दुस्तान टाइम्सले नेपालमा उग्र राष्ट्रवाद र नयाँ पुस्ताका नेपालका संभ्रान्तहरुले भारतसँगको विगतमा जस्तो भावनात्मक सम्बन्ध नचाहेकोले काठमाडौंले सम्बन्ध नयाँ अवस्थामा लान चाहेको उल्लेख गरेको छ । नेपालसँगको विशेष सम्बन्धबाट दुवै देशले लाभ लिइरहेको उल्लेख गर्दै सम्बन्ध नयाँ अवस्थामा लगिए नेपालले मूल्य चुकाउनुपर्ने उक्त पत्रिकामा प्रकाशित समाचारमा उल्लेख छ ।

विशेष सम्बन्धको अन्त भएमा सिमामा कडाई हुने, भारतमा कामका सिलसिलामा आउने नेपाली रोकिने, नेपाललाई दिइँदै आएको विकास सहयोग घट्ने र तराईबाट राजनीतिक प्रतिरोधको अवस्थामा वृद्धि हुने उल्लेख छ । हिन्दुस्तान टाइम्सले प्रश्न गरेको छ- के नेपाल स्पष्ट चीनतर्फ झुकाव राखेर यी आक्रामक राष्ट्रवादका लागि यो मूल्य चुकाउन तयार छ ?

उक्त समाचारमा विशेष सम्बन्ध अन्त गरेमा दुवै देशलाई नोक्शान पुग्ने र नेपाललाई झन् बढी क्षति हुने उल्लेख छ ।

यसअघि इन्डियन एक्सप्रेसमा लेख लेख्दै अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामरिक मामलाका जानकार सी राजा मोहनले भारतले नेपालको चीनसँगको सम्बन्धको विरोध गर्ने भन्दा नेपालसँगको सम्बन्धलाई भावनामा भन्दा यथार्थपरक रुपमा बलियो बनाउनतर्फ लाग्नुपर्ने सुझाव दिएका थिए।

दिल्लीले चीनसँग नेपालको सम्बन्धको विरोध गर्नेभन्दा आफ्नै सम्बन्ध बलियो बनाउनेतर्फ केन्द्रित हनुपर्छ, सी राजा मोहनले इन्डियन एक्सप्रेसमा २ जुनमा लेखमार्फत् भनेका थिए, ‘नेपालको आर्थिक भुगोलको तर्क र सन्तुलित राजनीतिका बाबजुद दिल्लीले आफ्नो स्वार्थलाई प्रभावकारी बनाउन बलियो ढाँचाका साथ नेपालसँगको भविष्यको सम्बन्धलाई निरन्तरता दिनसक्छ ।’

भारतले लिपुलेक हुँदै बनाएको लिंकरोडप्रति नेपालले आपत्ती जनाएपछि भारतीय सेनापति एम एम नरवाणेले कसैको उक्साहट भनी चीनतर्फ संकेत गरेका थिए । भारतीय अधिकारीहरु नेपालसँगको विशेष सम्बन्धमा परिवर्तन नचाहिरहेको भारतीय रक्षामन्त्री राजनाथ सिंहको पछिल्लो अभिव्यक्तिले पनि देखाउँछ । नेपालसँग विशेष सम्बन्ध जोगाउने तर सत्तारुढ कम्युनिस्टप्रति कडा रुपमा प्रस्तुत हुने नीतिलाई सत्तारुढ भाजपा निकट बुद्धिजीवीमार्फत् अभिव्यक्त गरिएको छ ।- एजेन्सीको सहयोगमा

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.