Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
वीरेन्द्रनगर । सुर्खेत उद्योग वाणिज्य संघले चिनियाँ नाका खोल्न पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र पेश गरेको छ। कर्णालीको निजी क्षेत्रले चीनसँग जोडिएका नाकाहरू खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेको हो।
कोरोना कालदेखि बन्द गएका उत्तरी चिनियाँ नाकाहरू अझै खुलेका छैनन्। निजी क्षेत्रले चीनसँग जोडिएका कर्णालीका मुगुको नाक्चे नांग्ला, हुम्लाको हिल्सा र डोल्पाको मुरिम्ला नाका खोल्न गम्भीर पहल थाल्नका लागि उद्योग वाणिज्य संघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल लगायतका व्यवसायीहरूले आग्रह गरेका छन्।
प्रधानमन्त्री दाहाल सुर्खेत आएको अवसरमा संघले विभिन्न १९ बुँदे मागपत्र बुझाएको हो। उक्त मागपत्रमा लामो समयदेखि रोकिएर रहेका चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्युत आदि लगायतका सम्पूर्ण आवश्यक पूर्वाधार एवं संरचना बनाउनुपर्ने, सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ गर्नुका साथै यस प्रदेश अन्तर्गतका प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ। यस्तै सुर्खेतमा प्रादेशिकस्तरको प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने माग निजी क्षेत्रको छ।




Facebook Comments