कति रिसाहा यी चिनियाँ?

एजेन्सी । सोमबार हङकङको नर्थ प्वाइन्टस्थित समुन्द्री किनारमा माछा मार्न गएका दुई चिनियाँबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ।

माछा मार्ने निहुँमा भएको झगडामा दुई जनाबीच भनाभन हुँदा स्थिति हात हालाहालसम्म पुगेको थियो।

हानाहानबीचमा स्थिति नियन्त्रण बाहिर पुगेपछि दुवै जना समुद्रमा खसेका थिए।

समुद्रमा खसेका दुवै जना पौडिएर किनारामा आए र फेरि झगडा गर्न थाले।

हात हालाहालको स्थितिमा दोस्रो पटक पनि समुन्द्रमा खसेका उनीहरूमध्ये यस पटक चाहिँ एक जना मात्रै किनारामा आउन सफल भए। उता अर्कोले डुबेर ज्यान गुमाएका छन्।

त्यसैले भनिन्छ, रिसले आफैँलाई खान्छ। अनावश्यक रिस देखाउँदा ज्यान पनि जाने खतरा रहन्छ।

एक पटक मृत्युको मुखमा पुगेर बाँचिसकेपछि पनि पाठ नसिकेका दुई चिनियाँमध्ये एकले ज्यानै गुमाउँदा अर्का सजायको भागीदार बने।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.