काठमाडाैंमा दर्ताबिना सञ्चालित चिनियाँ हस्पिटलमा सिल

काठमाडौं । बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलको प्रशासन शाखामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ ।

सोमबार गरिएको अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको महानगरले जनाएको छ ।

यस्तै अस्पतालमा भर्ना भएका बिरामीलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गर्न पनि महानगरले निर्देशन दिएको छ। महानगरपालिकाको टोलीले सोमबार अस्पतालको आकस्मिक अनुगमन गरेको थियो।

काठमाडौं महानगर जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले स्वास्थ्य जस्तो संवेदनशील सेवा दिने अस्पताल समेत दर्ता नभएको पाइएपछि ताला लगाइएकाे जानकारी दिनुभयाे। 

उक्त अस्पतालमा यसअघि प्रहरीले अवैध रुपमा चिकित्सकले काम गरेको फेला पारेपछि चिनियाँ डाक्टरलाई पक्राउ गरेको थियो।

स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई कारबाहीको मागसहित महानगरले जेठ १७ गते स्वास्थ्य मन्त्रालयलाई ६८ वटा अस्पतालको सूची पेस गरेको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.