चीनको दादागिरी अन्त्य गरी पाठ सिकाउने इन्डो–प्यासिफिक देशकाे तयारी

एजेन्सी । दक्षिण र पूर्वी चीन सागरमा चिनियाँ सेनाको आक्रामकता लगातार बढिरहेको छ। यसले इन्डो–प्यासिफिक क्षेत्रमा आउने सबै देशलाई आक्रोशित बनाएको छ ।

सबै देश मिलेर चीनको दादागिरी अन्त्य गरी पाठ सिकाउने निर्णय गरेका छन् । दोस्रो ईयू इन्डो-प्यासिफिक मिनिस्ट्रियल फोरम (EIPMF) मा सहभागी हुन स्वीडेनको स्टकहोम पुगेका भारतका विदेशमन्त्री एस जयशंकरले चीनलाई घेरेर सबै देशलाई एकताबद्ध गर्न थालेका छन्।

जयशंकरले शनिबार भने कि इन्डो-प्यासिफिक एक जटिल र फरक परिदृश्य हो, जसलाई अझ गहन संलग्नताबाट राम्रोसँग बुझ्न सकिन्छ। जयशंकर दोस्रो ईयू इन्डो-प्यासिफिक मिनिस्ट्रियल फोरम (EIPMF) मा भाग लिन स्वीडेनको पहिलो भ्रमणमा शनिबार स्टकहोम आइपुगेका हुन्।

युरोपेली संघ (ईयू) इन्डो-प्यासिफिक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जयशंकरले भने, ‘इन्डो-प्यासिफिकले विश्वव्यापी राजनीतिमा केन्द्रिय भूमिका खेल्दैछ। यसले उठाएका मुद्दाहरू भूमण्डलीकरणको स्थापित मोडलमा निहित समस्याहरू हुन्।’

इन्डो-प्यासिफिक क्षेत्रले दक्षिण चीन र पूर्वी चीन सागरमा चिनियाँ सेनाद्वारा आक्रामक कारबाही गरिरहेको बेला यो बैठक गर्न लागेकाे हो। चीनको थिचोमिचो कम गर्न विदेशमन्त्री एस जयशंकरले इन्डो-प्यासिफिक क्षेत्रमा बहुध्रुवीय एशियाको वकालत गरे। युरोपेली युनियनले मन पराएको बहुध्रुवीय विश्व बहुध्रुवीय एसियाबाट मात्र सम्भव भएको उनले बताए ।

“इण्डो-प्यासिफिकसँगको यस्तो संलग्नतामा, ईयूले स्वाभाविक रूपमा समान विचारधाराका साझेदारहरू खोज्नेछ। तीमध्ये भारत पक्कै पनि हो।’ उनले भने, ‘इन्डो–प्यासिफिक एउटा जटिल र छुट्टै परिदृश्य हो जसलाई थप गहन संलग्नताबाट राम्रोसँग बुझ्न सकिन्छ। यसमा मात्र सीमित नभई नियमित, व्यापक र अर्थपूर्ण संवाद चाहिन्छ।’

जयशंकर बंगलादेशबाट स्वीडेन पुगेका थिए । बंगलादेशमा उनले शुक्रबार छैटौं हिन्द महासागर सम्मेलनलाई सम्बोधन गरेका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.