कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

काठमाडौं। कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको हो।

वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाए।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ भने ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.