बाबुरामकाे पद टिपेक्सले मेटेर किन गरियो घटुवा ?

काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेताका रुपमा रहेका छन् ।

स्रोतका अनुसार निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको थियो। तर निर्वाचन आयोगमा पुग्दा भने बाबुरामको नाम ‘टिपेक्स’ले मेटेर अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ। अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम रहेको छ। डा. भट्टराईको नाम २ नम्बरमा लेखिएको देखिएपनि पछि टिपेक्स लगाएर हटाइएको प्रस्ट देखिन्छ ।

यसअघि आइतबार नै जसपाका शीर्ष नेताहरुको कार्यविभाजन भएको थियो । जसअनुसार संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो रहने भनिएकाे थियाे । तर, आयोगमा बुझाएको कागजमा भने भट्टराई र महतोलाई बरिष्ठ नेताका रुपमा राखिएको हाे । जसपा निर्वाचन आयोगमा दर्ता भएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.