काठमाडाैं । भारतले आर्थिक वर्ष २०२२-२३ मा लगभग १५,९२० करोडको रक्षा निर्यात गरेकाे छ, जुन अहिलेसम्मकै उच्च रहेकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतले आर्थिक वर्ष २०२२-२३ मा लगभग १५,९२० करोडको रक्षा निर्यात गरेकाे छ। शनिबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले जुन अहिलेसम्मकै उच्च रहेका बताए ।
उनले सामाजिक सञ्जाल ट्विटर ह्यान्डलमा लेखे, “२०१६-१७ मा १५२१ करोड रुपैयाँ, २० १७ – १८ मा ४६८२ करोड, २०१८-१९ मा १०,७४५ करोड, २०१९-२० मा ९११५ करोड, २०२०-२१ मा ८४३४ करोड, २०२१-२२ मा १२८१४ करोड र २०२२-२३ मा १५,९२० करोडको सर्वकालीन उच्च हासिल गरेर, हामी भारतको रक्षा क्षेत्रलाई अगाडि बढाउँदैछौं।’
यस ट्वीटको जवाफमा, प्रधानमन्त्री नरेन्द्र मोदीले रिट्विट गर्दै भने, “महान! ‘मेक इन इन्डिया’ को लागि भारतको प्रतिभा र उत्साहको स्पष्ट अभिव्यक्ति यस वर्षको रक्षा निर्यात आय हो। हाम्रो सरकारले भारतलाई रक्षा उत्पादनको हब बनाउने प्रयासलाई समर्थन गर्नेछ।”
भारत सरकारले आगामी आर्थिक वर्ष २०२४-२५ सम्ममा रक्षा निर्यातलाई ३५,००० करोड रुपैयाँमा पुर्याउउने लक्ष्य राखेको प्रधानमन्त्री मोदीले बताए ।
