चिनियाँ नागरिक भारतीय प्रधानमन्त्री मोदीलाई विश्वको सबैभन्दा सक्षम नेता ठान्छन्

बेइजिङ । अमेरिकी पत्रिका “डिप्लोम्याट” मा प्रकाशित एक लेख अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनमा इन्टरनेट प्रयाेगकर्ताहरुबीच अत्याधिक लाेकप्रिय छन् ।

उहाँलाई मायाले ‘मोदी लाओक्सियन’ भनिन्छ। जसको अर्थ “मोदी अमर छन्”। दुई देशबीचको सीमा विवाद हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय रुपमा प्रधानमन्त्री माेदीकाे यो दुर्लभ सम्मान उहाँकाे कार्यकुशलताकाे नमुना हाे ।

कूटनीतिक मामिलासम्बन्धी केन्द्रित रहेकाे पत्रिका ‘डिप्लोम्याट’ का लागि ‘हाउ इज इन्डिया इन चाइना?’ शीर्षकको लेखमा पत्रकार मु चुन्सनले पनि मोदीको नेतृत्वमा भारत विश्वका प्रमुख राष्ट्रहरूमध्येको एक हो, जसले अन्य देशसँग सन्तुलन बनाएर राख्न सक्छ ।

चुन्सन चिनियाँ सामाजिक सञ्जाल विशेष गरी सिना वेइबोको विश्लेषणका लागि प्रसिद्ध छन्। सिना वेइबो चीनमा ट्विटर जस्तै एक सामाजिक मिडिया प्लेटफर्म हो र यसकाे ५८.२ मिलियनभन्दा बढी प्रयोगकर्ताहरू छन्।

लाओक्सियनको अर्थ के हो ?
लेखका अनुसार “प्रधानमन्त्री मोदीको चिनियाँ इन्टरनेटमा असामान्य उपनाम छ: मोदी लाओक्सियन। लाओक्सियनले केही विशेष क्षमता भएका वृद्ध अमर मानिसलाई बुझाउँछ। उपनामको अर्थ चीनका इन्टरनेट प्रयोगकर्ताहरूले मोदीलाई अन्य नेताहरूको तुलनामा फरक ठान्छन्।

उनले लेखेका छन् कि चिनियाँ जनताले मोदीको पहिरन र शारीरिक भाषा दुवैलाई औंल्याएका छन् र उनका केही नीतिहरूलाई भारतको अघिल्लो नीतिहरू भन्दा फरक ठान्छन्।

कतिपय चिनियाँ नागरिकले भारतले रुस, अमेरिकालगायत विभिन्न प्रमुख देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध राख्न सक्ने विश्वास गर्छन्। उनले भने, ‘लाओक्सियान’ शब्दले मोदीप्रति चिनियाँ जनताको जटिल धारणा झल्काउँछ, जसमा जिज्ञासा, विस्मय आदि समावेश छन्।

मुले भने, ‘मैले करिब २० वर्षदेखि अन्तर्राष्ट्रिय रिपोर्टिङ गरिरहेको छु र चिनियाँ नेटिजन्स (इन्टरनेट प्रयोगकर्ता)ले विदेशी नेतालाई उपनाम दिनु विरलै हुन्छ। मोदीको उपनाम अरू सबैभन्दा माथि छ। पक्कै पनि, उनले चिनियाँ जनतामा छाप छोडेका छन्।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.