काठमाडाैं । मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरेका छन् ।
मध्य शहरका मेयर एबेल म्याचिपाटाले बाम्बारी नजिकै सोमबार बिहान ५ बजे ‘सशस्त्र व्यक्तिहरू’ले विदेशी कामदारमाथि आक्रमण गरेको पुष्टि गरे ।
उनले एएफपीसँग कुरा गर्दै भने, ‘आक्रमणका कारण ‘नौ जनाको मृत्यु भएको छ र दुई जना घाइते भएका छन् । मृतकहरू चिनियाँ नागरिक हुन् । उनीहरु गोल्ड कोस्ट ग्रुपले सञ्चालन गरेको खानीमा काम गर्थे ।’
चीनको विदेश मन्त्रालयले मृतकको सङ्ख्या पुष्टि गरेको छ । आक्रमणको निन्दा गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।












Facebook Comments