चीनमा बलात्कारका घटना बढ्दै

एजेन्सी । चीनमा पछिल्लाे समय बलात्कार जस्ताे जघन्य अपराधकाे घटना बढ्दै गइरहेकाे छ ।

चीनमा पछिल्लाे ५ वर्षमा कुल १ लाख ३१ हजार व्यक्तिमाथि बलात्कार र बाल उत्पीडनलगायत नाबालिगहरूलाई यौन दुर्व्यवहार गरेकाे मुद्दा चलाइएको छ।

सुप्रिम पिपुल्स प्रोक्युरेटोरेटले बुधबार जारी गरेको तथ्याङ्कमा चीनमा विगत पाँच वर्षमा बलात्कार र बाल उत्पीडनलगायत नाबालिगहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा कुल १ लाख ३१ हजार व्यक्तिमाथि मुद्दा चलाइएको उल्लेख छ ।

उक्त तथ्याङ्कअनुसार २०२१ मा मात्रै बालबालिका विरुद्धको यौन दुर्व्यवहारका २२३ मुद्दा दर्ता भएका थिए जसमा ५६९ भन्दा बढी पीडित थिए।

यस्तो अवस्थामा चीनको प्रयास यौन शिक्षाको माध्यमबाट बलात्कारजस्ता जघन्य अपराध रोक्ने तयारी गरेकाे छ । विभिन्न प्रकारका यौन अपराधहरू बढ्दै गएपछि चीन पनि चिन्तित बनेकाे छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.