चीनकाे फुटबल खेल क्षेत्रमा व्यापक भ्रष्टाचार

एजेन्सी । चीनमा फुटबलको शीर्ष तहमा भ्रष्टाचार भएको आरोप सार्वजनिक भएको छ । भ्रष्टाचार भएको आरोप सार्वजनिक भएपछि यो खेलमा आफ्नो देश विश्वशक्ति बन्ने चिनियाँ राष्ट्रपति सी जिनपिङकाे सपनामा धक्का लागेकाे छ ।

चिनियाँ राष्ट्रपति फुटबलका ठूला फ्यान हुन् र आफ्नो देशले एकदिन याे खेल आयोजना गरोस् र विश्वकप पनि जितोस् भन्ने चाहना राखेका छन् ।

केही वर्षअघि चिनियाँ क्लबहरूले विदेशी खेलाडीका लागि ठूलो रकम खर्च गरेको भन्दै देश विदेशका सञ्चारमाध्यममा हेडलाइन बनेका थिए। तर, आर्थिक संकट र शून्य कोभिड नीतिका कारण यी क्लबहरू अहिले बन्द भएका छन् ।

अब राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार विरोधी अभियानले घरेलु खेलकुदलाई लक्षित गरेको छ। नोभेम्बरदेखि कम्तिमा चार प्रमुख अधिकारीहरू अनुसन्धानमा तानिएका छन् ।

ती मध्ये प्रमुख चेन जुयान, चिनियाँ फुटबल संघ (CFA) का प्रमुख हुन्। राज्यको खेलकुद एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घनको लागि उनीमाथि यस हप्ता अनुसन्धान भइरहेको छ।’

त्यस्तै राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक तथा प्रिमियर लिग फुटबलर ली टाई पनि गत वर्ष छानबिनमा परेका थिए । बेइजिङका खेलकुद सल्लाहकार विलियम बीले भने, “चीनमा फुटबलको खेलमा भएको भ्रष्टाचारको यो अहिलेसम्मकै ठूलो अनुसन्धान हो।” उनले म्याच फिक्सिङ, घुसखोरी र जुवाको पर्दाफास गर्ने एक दशकअघिको भ्रष्टाचार काण्डभन्दा अभियानको प्रभाव ठूलो हुनसक्ने बताए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.