भारतले नेपाललाई दियो दुई सय वटा मिर्गौला डायलासिस मेसिन

काठमाडौं । भारत सरकारले नेपाललाई दुई सय वटा हेमोडायलासिस मेसिन सहयोग गरेको छ। मिर्गौला रोगका बिरामीको उपचारमा प्रयोग हुने सो मेसिन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्री पदम गिरीलाई हस्तान्तरण गरेका हुन्।

दूतावासले आज पहिलो खेपमा आएको २० वटा मेसिन हस्तान्तरण गरेको हो। उसले बाँकी मेसिनहरु केही दिनै आइपुग्ने जानकारी दिएको छ।

सो अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको स्वास्थ्य सेवालाई सुदृढ बनाउन मेसिन सहितको सहयोग गरेको बताए। उनले पहिलो खेप आज हस्तान्तरण गरेको भन्दै बाँकी मेसिन पनि केही दिन भित्रै आइपुग्ने बताए।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पदम गिरीले भारत सरकारका तर्फबाट भएको सहयोगको प्रशंसा गरे। उनले नेपालको स्वास्थ्य क्षेत्रमा भारतले अत्यावश्यक उपकरण, एम्बुलेन्सदेखि अन्य भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्दै आएको भन्दै दुई देशबीचको असल छिमेकीको सम्बन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे।

करिब एक वर्ष अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा दुई सय वटा डायालसिस मेसिन सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धता अनुरुप आज पहिलो खेप मेसिन आएको हो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.