काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गरी बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग नेपाल पुगेका छन् । पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर पार्टी दर्ता गराउन लागिएको छ ।
बैशाख १० समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको थियो । एकीकरणको बारेमा आयोगलाई जानकारी गराए पनि पार्टी दर्ता भएको थिएन । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता हुनुपर्ने प्रावधान रहेको छ । ठिक ४५ दिनपछि पार्टी दर्ताका लागि जसपाका नेताहरु आयोग पुगेका हुन् ।
Facebook Comments