काठमाडौं । आइतबार थप २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितमध्ये २०९ जना पुरुष र ४ जना महिला छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३४४८ पुगेको छ। कुल संक्रमितमध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला छन् ।
नेपालमा शनिवार एकैपटक ३२३ जना संक्रमित थपिएका थिए । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रोल्पामा पहिलोपल्ट कोरोना भाइरस संक्रमण ‘कोभिड- १९’ को नयाँ केस फेला परेको छ ।
रोल्पामा संक्रमण देखिएसँगै प्रदेश ५ का सबै १२ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश ५ मा १ हजार ८१ जना जना संक्रमित छन् । यो संक्रमण रुकुम पश्चिम, मुस्ताङ, मनाङ, रसुवा, ओखलढुंगा, ईलाममा संक्रमण देखिएको छैन । प्रदेश १ का १२ जिल्लामा २५९ जना संक्रमित छन् भने प्रदेश २ का सबै ८ जिल्लामा ११६१ जना संक्रमित छन् । वाग्मती प्रदेशमा १२ जिल्लामा ९२ जना रहेका छन् ।
गण्डकी प्रदेशका ९ जिल्लामा १११ जना रहेका छन् । प्रदेश ५ का १२ जिल्लामा १०८१ जना कर्णाली प्रदेशका ९ जिल्लामा ६३३ जना र सुदूरपश्चिमका ९ जिल्लाका १११ जना गरी नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको हो भने ७७ मध्ये ७१ जिल्लामा यो संक्रमण फैलिएको छ ।
Facebook Comments