नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले चीन सीमा सम्बन्धी सन्धी र सम्झौताहरुको पालना गर्न असफल भएपछि एलएसीमा तनाव सिर्जना भएको बताएका छन्। भारत र अष्ट्रेलियाले क्वाडको बैठकमा शान्ति र स्थिरता सुनिश्चित गर्ने सकारात्मक एजेन्डामा आफूहरु लागगिरहेको र चीनले यसलाई भड्काउन खोजिरहेको बताएका छन्।
क्वाड सदस्य राष्ट्रहरुले यस क्षेत्रका देशहरूलाई चीनको जबरजस्ती वा धम्कीको खतराबाट मुक्त गराउनुपर्नेसमेत बताएका छन्। विदेशमन्त्री जयशंकरले वास्तविक नियन्त्रण रेखा (एलएसी) को लद्दाख क्षेत्रमा चीनसँगको गतिरोध चिनियाँ पक्षले सीमामा सेना परिचालन नगर्ने लिखित सम्झौतालाई बेवास्ता गर्दाको परिणाम भएको बताएका छन्।
उनले आफ्नो अष्ट्रेलियाली समकक्षी मारिस पेनेसँगको भेटमा एलएसीको पछिल्लो स्थितिबारे छलफल भएको पनि बताएका हुन्। द्विपक्षीय बैठक पछि मेलबर्नमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जयशंकर र पायनेले क्वाड सुरक्षा संवाद, वा क्वाड, कुनै पनि देशको विरुद्धमा नभएको र समूहको ध्यान कोभिड १९ खोप, पूर्वाधार विकासमा केन्द्रित रहेको बताए।
चिनियाँ विदेश मन्त्रालयले शुक्रबार क्वाडलाई ‘अमेरिकी आधिपत्य कायम राख्नको लागि चीनलाई नियन्त्रण गर्ने र घेराबन्दी गर्ने उपकरण’ भएको र यसले ‘टकरावलाई निम्त्याउने र अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहयोगलाई कमजोर पार्ने’ बताएका छन्। एक चिनियाँ प्रवक्ताले चीनलाई नियन्त्रण गर्न गठबन्धन बनाउने प्रयासले कहीँ पनि नपुर्याउने बताएका हुन्।
विदेशमन्त्री जयशंकरले यस क्षेत्रका विकासका बारेमा उल्लेख गर्दै अस्ष्ट्रेलियाली समकक्षीसँग भारत-चीन सम्बन्धमा छलफल गरे।
‘यो एउटा मुद्दा हो जसमा धेरै देशहरूले वैधानिक रूपमा चासो लिन्छन्, विशेष गरी तिनीहरू इन्डो-प्यासिफिक क्षेत्रका हुन्, किनकि चीनले २०२० मा हामीसँग सीमामा ठूलो संख्यामा सेनाहरू परिचालन नगर्ने लिखित सम्झौतालाई बेवास्ता गरेको कारणले तनावपूर्ण स्थिति उत्पन्न भएको हो,’ उनले भने।
