पाकिस्तानी लगानीको आरोप लाग्ने गरेको नेपाल बाचका लगानीकर्ताको बारेमा केही तथ्य बाहिरिएका छन्। नेपाल आजलाई प्राप्त डकुमेन्ट अनुसार नेपाल वाचमा पुस्प ढुंगाना, रुद्रप्रसाद तिमल्सिना, अमृत ढकाल र सुभाष भट्टको लगानी छ।
कागजमा चार जनाको नाम देखिए पनि बास्तविक लगानीकर्ता शंकास्पद छन्। लगानी अपारदर्शी रहेको आरोप लाग्ने गरेको छ। लगानीका बारेमा कोही बोल्न नचाहनु र रुद्रप्रसाद तिमल्सिना, अमृत ढकाल र सुभाष भट्टले आफनो लगानी नरहेको बताउँनुले पनि मिडिया कसरी चलेको छ भन्ने प्रश्न उठ्ने गरेको छ।
कम्पनीको अधिकृत पुँजी २ करोड छ। अनलाईनमा मासिक १० लाख खर्च रहेको बताईन्छ । तर, यसका हर्ताकर्ता पुस्प ढुङ्गाना भने यस विषमा केही नसोध्नु भन्दै पन्छिने गरेका छन्।
लगानीकर्ता को कस्ता ?
पुस्प ढुङ्गानाः ध्रुब ढुङ्गानाको छोरा पुस्प धादिङको हुन। अनलाईनमा उनको ५६ दशमलव ३३ प्रतिशत शेयर छ। हेर्दा सोझो, भलाद्मी, मिझासिलो र असल छन्। पहिलो नजरमै उनलाई मन नपराउने कमै होलान। उनी सेक्सी पत्रकारका रुपमा परिचित छन्। ढुङ्गानाप्रति युवतीहरु मोहित हुने गरेको उनका सहकर्मीहरु नै बताउँछन्। तर, भित्री रुपमा भने उनी नटवरलाल रहेको उनीहरुको भनाई छ।
ढुंगानले विभिन्न संवैधानिक आयोगका प्रमुख आयुक्तहरुको अनलाईमा लगानी छ भनेर कर्मचारीहरुलाई तर्साउने तथा विज्ञापन र सूचना हात पार्ने गरेको बताईन्छ। चप्पल पड्काउदै हिड्ने पुस्पले सबैलाई भ्रममा पारेर आफु भने करिब ४५ लाख पर्ने गाडी र करोडौ पर्ने बंगला खरिद गरेको उनकै निकटस्थहरु बताउँछन्।
रुद्रप्रसाद तिमल्सिनाः मिननाथ तिमल्सिनाका छोरा रुद्रप्रसाद ललितपुरका हुन। अनलाईनमा उनको १८ दशमलव ७७ प्रतिसत शेयर छ। पर्यटन ब्यवसायी रहेका उनी रामहरीका नामले परिचित छन्। उनलाई मिडियामा झुक्याएर फसाईएको बताईन्छ। मिडियामा हात हालेपछि उनले ठुलो धनराशी सिद्याएको चर्चा छ। उनलाई पुस्पले नै मिडियामा तानेको बताईन्छ। उनी स्वयम् पनि मिडियामा हात हालेर राम्रो गरेको मान्दैनन्।
अमृत ढकालः रुद्रप्रसाद ढकालका छोरा अमृत गोरखाका निवासी हुन। उनको अनलाईनमा १५ दशमलव ५ प्रतिशत शेयर छ। उनलाई पुस्पले नै फकाएर नेपाल वाचमा ल्याएका हुन भनिन्छ। उनी स्वभावैले सोझा मान्छे छन्। यीनले श्रीमतीको गहना बेचेर अनलाईनमा लगानी गरेको बताईन्छ।
सुभाष भट्टः गोरखा निवासी सुभाष भट्ट मेघनाथ भट्टका छोरा हुन। उनको ९ दशमलव ३८ प्रतिशात शेयर छ। उनी क्षमता भएका पत्रकार हुन। नयाँ पत्रीकामा काम गर्ने उनले त्यहाँबाट सुचना चुहाएर नेपाल बाचमा समाचार लेख्न लगाउने गरेको बताईन्छ। नयाँपत्रीकामा रहेर एक महिला पत्रकार मार्फत सुचना नेपाल बाचमा पठाउने गरेको र पुस्पले ब्यापारी सँग बार्गेनिङ गर्ने गरेको वताईन्छ। काठमाण्डौंका मेयर बालेन्द्र साहले टुकुचा खोला उत्खनन गरेपछि टुबोर्ग वियर सँग र बुद्ध एयरसँग बार्गेनिङ गरेको आरोप छ। तर उनी स्वयम् भने नेपाल वाचको लगानी र नयाँ पत्रिकाको सूचना चुहाएको कुरा अस्विकार गर्छन। उनी भन्छन–‘त्यो मेरो पैसा होईन अरु कसैको हो।’
यस विषयमा प्रतिक्रिया माग्दा पुस्पले समाचार लेखे ठिक नहुने बताए। पाकिस्तानी राजदुतसँग यस बिषयमा कुरा गर्ने र थप एक्सन लिने भन्दै धम्की दिन्छन। रुद्रप्रसादले भने मिडियामा आफ्नो लगानी नरहेको बताएका छन। पुस्पलाई ऋण दिएको र त्यो पैसा फिर्ता नआएको उनको भनाई छ। खुरापाती गरेर मिडिया बदनाम गरेको उनको वुझाई छ। अमृत भने अनभिज्ञता जनाउँछन्।
को हो त लगानीकर्ता?
पुष्पले अनलाईमा गृह मन्त्रालय, निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च पदस्थ अधिकारिको लगानी रहेको भन्दै प्रचार गर्ने गरेका छन्। यसैले सरकारि कर्मचारीलाई समेत धम्की दिने गरेको बताईन्छ।
अनलाईनमा पाकिस्तानी लगानीको भएको आरोप लाग्छ। लगानीको श्रोत सोधपुछ गर्दा धम्की दिन पछि पर्दैन। पाकिस्तानी लागनीलाई नेपालमा तस्करी, लागुपदार्थ र नक्कली भारुवाट आउने पैसा भनेर वुझ्ने गरिएको छ। यसका अतिरिक्त भ्रष्टाचारको आरोप लागेका भिमकान्त भण्डारी समेतको अनलाईनमा लगानी रहेको बताईन्छ।
नेपाल वाचले नक्कली नोट कारोवारी मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या, भिमकान्तलाई अख्तियरले पक्राउ गरेर हिरासतमा राखेको तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम पड्काउने पाकिस्तानी धम्की लगायतका विषयमा समाचार प्रकाशन नगर्नुले पनि आरोपलाई पुष्टि गर्ने आधार फेला परेको श्रोत वताउँछ।
पुष्पले बरु आफ्नो बिग्रिएको छवि राम्रो बनाउन नेपाल टेलिभिजनमा समय किनेर ‘पोलेसी डाईलग’ नामको कार्यक्रम चलाउन थालेको वताईन्छ। ‘पोलेसी डाइलगको नाममा पैसाको खोलो बगाईएको छ’ श्रोत भन्छ–‘नेपाल टेलिभिजनमा समय किनेर कार्यक्रम चलाऊनु सार्है महँगो पर्छ।’
अवस्था हेर्दा गलत नियतले रकम जोहो गर्नेहरुलाई नै फाईदा पुग्ने गरी पोलेसी बनाउने उदेश्य देखिएको र वस्तुगत अवस्था हेर्दा लगानी अकुत हुन सक्ने प्रवल सम्भावना रहेको उनीहरुको मत छ। नियमनकारी निकायले अनलाईनका विषयमा छानविन गर्नु पर्ने उनीहरु तर्क गर्छन। साभार नेपाल आज













Facebook Comments