आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमणमा आउनु संशयपुर्ण

काठमाडाैँ । राष्ट्रिय एकता अभियानले आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमण आउनु संशयपुर्ण रहेकाे बताएकाे छ ।

चीनको दोस्रो बरियताको नेता नेपालको पाहुना भएर आउनु सुखद समाचार हो। यद्यपि कहिलेकाही समय र सन्दर्भ नमिल्दा अति बिशिस्ट पाहुनालाई पनि स्वागत गर्न नसकिने अवस्था बन्न जान्छ भनी अभियानद्वारा जरी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘गएको २०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाबमुलुक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैमा संशयपुर्ण हो।’

तर्सथ, उनीहरूको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपाली जनतामा पारदर्शी रूपमा पुग्नुपर्छ भन्ने अभियानकाे धारणा रहेको छ।

त्यस्तै, उनीहरूको सबै भेटघाट पुर्ण रूपले सरकारी अधिकारी र नागरिक समाजको प्रतिनिधि राखेर मात्र गर्न गराउनहुन आवश्यक रहेको पनि अभियानकाे माग छ।

तर्सथ, यस विपरीत नेपालमा उहाँहरूको कुनै पनि गोप्य भेटधाट अथवा अवाञ्छित गतिविधि भएगरेको देखिएमा राष्ट्रिय एकता अभियान सशक्त विरोध जनाउने यसै विज्ञप्तिमार्फत जानकारी गराइएकाे अभियानका अध्यक्ष विनय यादवले बताए ।

साथै, यस भ्रमणको दौरान अघोषित चिनियाँ नाकाबन्दी र नेपाली भूमि अतिक्रमण सम्बन्धमा समेत ठोस समाधान खोज्न सम्बन्धित पक्षहरूसङ्ग आग्रह गरेकाे अभियानले जनाएकाे छ ।

जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सु यही भदौ २७ गते नेपाल भ्रमणमा आउन लागेका हुन् । प्रतिनिधिसभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली छ जना वरिष्ठ मन्त्रीसँगै करिब ९६ जनाको टोली नेपाल आउने बताइएको छ । लीलाई चीनमा राष्ट्रपति सि चिनफिङपछिको दोस्रो वरियताको नेता मानिन्छ ।

Facebook Comments