बर्दिया । जनता समाजवादी पार्टी, (जसपा) नेपाल बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। जसपा जिल्ला समन्वय समिति बर्दियाले निर्णय गर्दै उम्मेदवारको नाम सिफारिस गरेको हो।
बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ सदस्यका लागि केशवराज पौडेल र रेशम बहादुर खत्रीको नाम सिफारिस भएको बर्दिया जनता समाजवादी पार्टीका सचिव तारा बहादुर सुनारले जानकारी दिए।
समानुपातिकतर्फ प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट चिरञ्जीवी थारु (जनजाति) र हासिम अलि सिद्धिकी (मुस्लिम) र प्यारेलाल गुप्ता( मधेसी) सिफारिस भएका छन्।
क्षेत्र नम्बर १ (क) प्रदेश सभा प्रत्यक्षतर्फ दीप बहादुर शाही र १ (ख) मा कृष्णप्रसाद अहिर तथा मलखे यादव सिफारिस भएका हुन्।
समानुपातिकतर्फ १ (क) मा खसआर्यबाट केशवराज पौडेलको नाम सिफारिस भएको सुनारले बताए। प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (ख) बाट समानुपातिकतर्फ धनाकुमारी थारु (जनजाति महिला), सुधाकर मिश्रा (मधेसी), निरंकार यादव (मधेसी), मोहम्मद वसिम हलुवाई (मुस्लिम) जित बहादुर सुनार( दलित )र नरेन्द्र शर्मा( खश आर्य ) कोटाबाट सिफारिस गरिएको छ।
प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा कृष्णा थापाको नाम सिफारिस भएको छ। प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ (क) मा शान्ता पौडेल र २ (ख) मा मोहम्मद नसिम खाँ र दिलिप कुमार कुर्मिको नाम सिफारिस भएको हो। समानुपातिकतर्फ २ (ख) मा खसआर्यबाट रेणु सिंह र निशा सिह को नाम सिफारिस भएको छ।




Facebook Comments