प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन्।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेपाल-भारत सैन्य सम्बन्धमा बारेमा चर्चा भएको थियो। भेटमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको प्रसंसा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य जारी रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए।

त्यस्तै भारतका सेना अध्यक्ष पाण्डेले नेपालसँग सहकार्यको लामो समय भएको भन्दै खुसी व्यक्त गरेका थिए। यसअघि सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो। उनले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरू हस्तान्तरण गरेका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.