वेश्यावृत्ति गराएको आरोपमा होटल सञ्चालक पक्राउ

जाजरकोट । जाजरकोटमा वेश्यावृत्ति गराएको आरोपमा एक होटल सञ्चालक पक्राउ परेका छन्। जिल्ला सदरमुकाम खलंगा ठाँटीस्थित न्यु थकाली होटल एण्ड लज सञ्चालन गर्ने ओमकार लोहनियालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

बाँके डुडवा गाँउपालिका-१ स्थायी ठेगाना भएका लोहनियाले पाँच वर्षदेखि जाजरकोटमा होटल व्यवसाय सञ्चालन गरिरहेका थिए।

आफ्नो होटलमा महिलाहरूलाई बोलाई वेश्यावृत्ति गराइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक पुस्कर पन्तले बताए।

दुई जना महिलाले आफूहरूलाई ललाईफकाई यौन व्यापारमा लगाउने गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। कुनै पनि महिलालाई ललाईफकाई यौन व्यापारमा लगाए मानव बेचविखन मुद्दा आर्कषित हुने भएकोले मानव बेचविखन सम्बन्धी कसुरमा मुद्दा दर्ता गराइएको प्रहरी निरीक्षक पन्तले बताए।

जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ। होटल सञ्चालकले ग्राहकका लागि महिलालाई बोलाएर होटलमै देहब्यापार गराउने गरेको प्रहरीले बताएको छ।

उनले प्रतिग्राहकबाट एक हजार पाँच सय लिएर महिलालाई हजार रुपैयाँ दिने गरेका थिए। जाहेरी दिने महिलामध्ये एक श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छिन् भने एक जना अविवाहित हुन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.