कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा सहकारीका म्यानेजर पक्राउ

महोत्तरी । संस्थाकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा सहकारीका म्यानेजर पक्राउ परेका छन् ।

महोत्तरीको गौशालाबाट प्रभु वचत तथा ऋण सहकारी संस्थाका म्यानेजर ३८ वर्षीय शत्रोहन यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेका थिए ।

युवतीले त्यहाँबाट भागेर ईलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएकी थिइन् । बिहीबार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

Facebook Comments