बालेनलाई योगेशले भने – फोहोर व्यवस्थापनबारे ठोस प्रस्तावसहित एमाले मुख्यालय आउनुस्

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै सांसद योगेश कुमार भट्टराईले आपत्ती जनाएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

राजधानीको फोहोर व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)लाई ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन आग्रह समेत गरे

उनले भने, ‘काठमाडौंको फोहोर उठ्न नसकेको आज ७१ दिन भयो। यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पहल गर्नु भएको छैन, त्यसैले म काठमाडौंका मेयर बालेन शाहालाई ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन अनुरोध गर्दछु। तपाईँलाई एमालेले पूर्ण क्षमताका साथ सहयोग गर्छ।’

सांस्कृतिक सहर काठमाडौं बचाउन सबै जुट्न नेता भट्टराईले आग्रह गरेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.