कांग्रेस शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा, सिट बाँडफाँटको टुंगो लगाउने तयारी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएका छन्। सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई छलफलका लागि बोलाएका छन्।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सहमति गरेका देउवाले सिट बाँडफाँटमा पार्टीले कसरी, कुन आधारमा कति सिट लिने भन्ने टुंगो लगाउन पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

बालुवाटारमा जारी छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत छलफलमा सहभागी छन्। बैठकमा गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलमा सदस्य रहेका नेताहरु समेत सहभागी रहेका छन्। कार्यदलमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा, नेताहरु कृष्ण सिटौला र ज्ञानेन्द्र बहादुर कार्की छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.