नेता रिजालले भने- सरकारको काम गर्ने क्षमता र इमान्दारिता छैन

काठमाडौं । नेपाली काग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारसँग काम गर्ने क्षमता र इमान्दारी दुवै नभएको बताएका छन् सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै उनले सरकार असफल भएको दाबी गरे।

‘सरकारले जसरी एक दिनअघि बिजुलीबाट चल्ने गाडी छोड्यो, यसबाट आफू निकट व्यापारीहरुलाई र आफू कमाउनेमा लागेको पुष्टि भएको छ’, उनले भने, ‘यो घटनाबाट सरकारको इमान्दारीतामा प्रश्न खडा भएको छ।’

उनले सरकारको राजश्व उठाउन सक्ने क्षमता नभएको उनले टिप्पणी गरे। अर्थ मन्त्रालयको खर्च २५ अर्बबाट ८ अर्बमा ल्याउन उनले माग गरे।

‘हाम्रो अर्थतन्त्र जसरी संकटमा फस्दै छ। संक्रमण अब दश हजारभन्दा माथि जाने चिन्ता छ’, उनले भने, ‘क्वारेनटाइनमा बस्ने सबैलाई संक्रमण होला भन्ने, गाउँगाउँमा फैलेला भन्ने डर बढेको छ।’

पुरक अनुमानका आधारमा बजेट ल्याऊ भन्दा सरकारले नटेरेको भन्दै उनले यसले असर पर्ने बताए। कुल गार्हस्थ उत्पादन बढ्ने अवस्था नभएको र असार मसान्तसम्मको राजश्वको अनुमान गर्न नसकिएको अवस्था रहेकाले सरकारले काम गर्न नसक्ने उनले दाबी गरे।

Facebook Comments