चिनियाँ अतिवाद : तिब्बती भाषा पढाएको भन्दै विश्वविद्यालयका विद्यार्थी पक्राउ

एजेन्सी । चीनले तिब्बतमा सांस्कृतिक सफाया अभियान अन्तर्गत विश्‍वविद्यालयका विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ। यस महिनाको सुरुमा चाम्दोको रिवोचे काउन्टीमा फेब्रुअरी १३ मा एक विश्वविद्यालयका विद्यार्थीलाई गिरफ्तार गरिएको थियो।

उनीहरुलाई नियन्त्रणमा लिइसकेपछि उनीहरुबारे कुनै जानकारी पनि नदिइएको तिब्बत वाचले रिपोर्ट गरेको छ। अनुसन्धान समूहका अनुसार चोएडोन रिवोचेको याम्दा गाउँकी हुन् तर उनको पक्राउको कारण पुष्टि हुन सकेको छैन। गाउँमा जाडो बिदामा भाषा सिकाएको कारण उनलाई हिरासतमा लिएको हुनसक्ने उनको परिवारको विश्वास छ।

तिब्बत वाचले उद्धृत गरेको एक अज्ञात स्रोतका अनुसार पक्राउ परेकी ती विद्यार्थीको कुनै आपराधिक रेकर्ड छैन। स्रोतले भन्‍यो, “चोएडोनलाई चिनियाँ अधिकारीहरूले पक्राउ गरे तर उनले कुनै गल्ती गरेकी छैनन्। न त उनको कुनै आपराधिक रेकर्ड छ। । उनको गिरफ्तारी र बेपत्ता भएको पाँच दिनभन्दा बढी भइसक्दा पनि उनलाई कहाँ राखिएको छ वा उनको अवस्थाबारे कुनै जानकारी गराइएको छैन। उनको परिवार उनको सुरक्षाप्रति चिन्तित छ।’ उनी हाल चेङ्दुको साउथवेस्ट मिन्जु विश्वविद्यालयमा भर्ना भएकी छिन्।

चोएडनको अचानक गिरफ्तारी चिनियाँ सरकारद्वारा प्रतिबन्धित भाषा नीतिहरुको लागी जारी रहेको बताइएको छ। गत वर्ष सेप्टेम्बरमा, चिनियाँ सरकारले पहिले नै पक्षपाती नीतिलाई तीव्र पारेको थियो। जसले तिब्बती भाषाका सबै विद्यालय पाठ्यपुस्तकहरूलाई चिनियाँ भाषा सामग्रीले प्रतिस्थापन गरेको र सबै विद्यालयहरूलाई चिनियाँ भाषालाई शिक्षाको आधिकारिक माध्यम बनाउन निर्देशन दिएको थियो। अधिकारीहरूले बच्चाहरूलाई तिब्बती भाषा सिकाउने मठका विद्यालयहरूमाथि हस्तक्षेप गरेका छन्। जस्तै डार्लाक काउन्टीको सेङ्द्रुक ताक्से माध्यमिक विद्यालय जुन गत वर्ष जुनमा बन्द गर्न बाध्य पारिएको थियो।

अमेरिकामा रहेको समूह तिब्बत एक्शन इन्स्टिच्युटले गत वर्ष डिसेम्बरमा एउटा रिपोर्ट जारी गर्‍यो। जसमा चिनियाँ सरकारले शिक्षाको खोजीमा अल्पसंख्यकहरूलाई लक्षित गरी शोषण गर्ने विशाल औपनिवेशिक बोर्डिङ प्रणाली निर्माण गरेको आरोप लगाएको थियो।

‘विद्यालयहरू चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) शासनको सम्भावित प्रतिरोधलाई असर गर्नसक्ने आँकलन गरेपछि तिब्बती पहिचानलाई एकसमान चिनियाँ पहिचानसँग प्रतिस्थापन गर्ने सी जिनपिङको अभियानको आधारशिला भएको बताइएको छ। तिब्बत वाचका अनुसार चिनियाँ सरकारले सन् २०२५ सम्ममा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) शासनमा बस्‍ने ८५ प्रतिशतले राष्ट्रिय भाषा बोल्नुपर्ने लक्ष्य राखेको छ।

Facebook Comments